CLI

को हुन् ?अर्थमन्त्रीमा नियुक्त डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वणिम वाग्ले लाई नेपाल सरकारको अर्थमन्त्रीका रूपमा नियुक्त भएका छन् । गत फागुन २१ मा  सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ निर्वाचन क्षेत्रबाट दोस्रो  पटक निर्वाचित भएका हुन् ।

२५ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय विकास क्षेत्रमा कान गरेको  अनुभव हासिल गरेका डा. वाग्ले यसअघि संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को एसिया–प्रशान्त क्षेत्रीय ब्यूरो (RBAP) मा प्रमुख आर्थिक सल्लाहकारको रूपमा काम गरेका थिए । न्यूयोर्कस्थित सो कार्यालयबाट उनले ३६ देशको आर्थिक तथा विकास नीतिमा काम गरेका थिए। त्यसअघि उनी वाशिङ्टन डीसीस्थित विश्व बैंकमा वरिष्ठ अर्थशास्त्रीका रूपमा पनि कार्यरत थिए।

उनले राष्ट्रिय  योजना आयोगको सदस्य र उपाध्यक्षको भुमिका निवाह गरिसकेका छन् । उनले  विशेषगरी २०७२को बिणासकारि  भुकम्प पश्चात गरिएको ‘पोस्ट डिजास्टर नीड्स एसेसमेन्ट (PDNA)’ मा उनले सह–नेतृत्व गर्दै पुनर्निर्माणका लागि करिब ४ अर्ब अमेरिकी डलर सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

२०१९ देखि २०२६ सम्म उनले ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (IIDS)’ नामक दक्षिण एसियाली नीतिगत अनुसन्धान संस्थालाई नेतृत्व गरेका थिए, जहाँ उनी हाल ‘चेयरम्यान इमेरिटस’ हुन्। उनी काठमाडौं विश्वविद्यालयका पूर्व सिनेट सदस्य, विश्व बैंकको ‘साउथ एसिया रिजनल च्याम्पियन्स’ समूहका सदस्य तथा एसियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय व्यापार केन्द्र (ITC) जस्ता संस्थाका सल्लाहकारका रूपमा पनि संलग्न रहेका छन्।

शैक्षिक रूपमा, डा. वाग्लेले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि (PhD), हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर (MPA/ID) तथा लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातक (BSc Econ) गरेका छन्।

Leave Your Comment

Related News