CLI

प्रधानमन्त्री बालेनलाई देउवाको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् ।

मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले बालेनसँगै मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा पछिल्लो समय हङकङमा छन् ।

Leave Your Comment

Related News