CLI

सरकारका प्रवक्ता सम्मित पोखरेलले गरे जनताको विस्वास टुट्न नदिने संकल्प

काठमाडौं नवनियुक्त शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जिम्मेवारी सन्चै सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त हुनु  ठूलो अवसर र चुनौती भएको बताएका छन्। उनले यो जिम्मेवारी र पदीय दायित्व  पदका रूपमा होइन, राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण, साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण रुरेको बताएका छन्।

उनले भनेका छन् . विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु।

वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्‍याउनेछु। साथै, युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु। खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु।

सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु। संवाद, सहकार्य र समन्वयमार्फत शिक्षा, विज्ञान, प्रविधि तथा युवा र खेलकुद क्षेत्रको समग्र रूपान्तरणमा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

उनले राष्ट्रपतिबाट मन्त्रीको शपथ  मन्त्रालयको कार्यभार सहित सरकारको प्रवक्ताको भूमिका निर्वाह गरेपश्चार आफ्नो सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै यस्तो संकल्प गरेका हुन

Leave Your Comment

Related News