CLI

नयाँ सरकार गठन पछिको पहिलो कारोबार: सेयर बजारमा पहिरो, नेप्से सूचक ७१ अंक घट्यो

काठमाडौं । नयाँ सरकार गठन पछिको पहिलो कारोबार दिनमा नेप्से सूचकमा पहिरो गएको छ । बजार ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा झरेको छ । नेप्से सूचूक यस दिन २.४ प्रतिशत घटेको हो । नेप्से सूचकसँगै अरु सबै उपसमूह पनि घटेका छन् । यस दिन १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि बिहीबार १३ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आइतबार १० वटा कम्पनीको भाउ बढेको छ भने २५५ वटाको घटेको छ । रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी, रिज लाइन, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, युनिक नेपालको भाउ भने सबैभन्दा धेरै ६.१७ प्रतिशतले घटेको छ ।

रिडी पावरको ७१ करोड ११ लाख रुपैयाँ, ङादी ग्रुपले ५२ करोड २८ लाख, सोलु हाइड्रापावरको ४८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नाफा बुक गर्नेहरु बढेको कारण बजारमा गिरावट देखिएको हो ।  र यो सामान्य करेक्सन रहेको जानकारहरु बताउँछन् ।

Leave Your Comment

Related News