CLI

योजना आयोग उपाध्यक्ष नियुक्ति चाँडै हुने, बजेट निर्माण प्रक्रिया प्रभावित नहुने

काठमाडौं ।  वर्तमान सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्ति चैत भित्र गर्ने भएको छ । सशुीला कार्की नेतृत्वको अन्तरिम सरकार बाहिरिएसँगै खाली रहेको आयोग उपाध्यक्ष पद यो साता वा अर्को साता भित्र पदपूर्ति हुने आयोग पदाधिकारीले बताएका छन् ।

आयोगका प्रवक्ता एवम सहसचिव हरिशरण पुडासैनीका अनुसार बजेट निर्माणको काम तीव्र भइरहेको कारणले गर्दा छिटो भन्दा छिटो उपाध्यक्ष नियुक्ति दिनु सरकारमाथि दबाब रहेको छ । ‘आयोग पनि उपाध्यक्ष नियुक्तिको प्रतिक्षामा रहेको छ अर्कोतर्फ बजेटका कार्यक्रम अघि बढाउनु पर्ने हुनाले उपाध्यक्षको आवश्यकता रहेको छ, ’ उनले भने,‘ त्यसैले उपाध्यक्ष नियुक्ति चैत भन्दा अघि जान हुदैन , छिटो नियुक्ति हुने जानकारी अयोगलाई प्राप्त भएको छ, ढिलोमा चैतभन्दा टाढा जादैन ।’

हाल आयोग आगामी आर्थिक वर्षको लागि बजेट निर्माणमा लागेको छ , सोही क्रममा आयोगले तीनवटा मन्त्रालयसँग छलफल गरेको प्रवक्ता पुडासैनीले बताए । आइतबारबाट अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयसँग बजेटसम्वन्धी छलफल अघि बढाइएको उनले जानकारी दिए । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार प्रत्येक मन्त्रालयले प्राप्त बजेट सीमा र मार्गदर्शनको अधीनमा रही आफ्नो मातहतका निकायहरूको नीति, कार्यक्रम र बजेट प्रस्ताव तयार गरी समयसीमाभित्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था छ । यी सबै कामहरुको लागि समेत उपाध्यक्ष आवश्यक पर्ने हुन्छ ।

प्रधानमन्त्री रिक्त भएसँगै उपाध्यक्ष पद रिक्त हुने काुननी व्यवस्थाका कारण तत्कालीन उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । चैत १२ गते श्रेष्ठले राजीनामा दिएका हुन् । सरकार परिवर्तन पछि मात्र पदबाट राजीनामा दिने प्रचलन भए पनि उनले नयाँ सरकार बन्नु एक दिन अघि राजीनामा दिएका थिए । सो सँगै आयोग उपाध्यक्ष पद खाली रहेको छ ।

कार्की नेतृत्वको सरकारले मंसिर २९ मा श्रेष्ठलाई आयोग उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । डा. श्रेष्ठ यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा योजना आयोग सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् । उनी नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

Leave Your Comment

Related News