CLI

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ)छवि रिजाललाई आज बिहान काठमाडौ सुबिधनगरबाट पक्राउ गरेको छ ।

उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीलेपक्राउ गरेको हो।

गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौँको सीडीओ थिए।

गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

जेनजी आन्दोलन जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले आन्दोलनमा नागरिकको ज्यान जानुमा रिजाललाई पनि दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार छानबिन गर्न सिफारिस गरेको थियो।

२३ भदौमा बानेश्वरमा १९ जना किशोरको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको आलोचना हुँदै आएको छ।

बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनमा घातक दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई गएको शनिबार पक्राउ गरेको थियो। आयोगले ओली र लेखकलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

 

Leave Your Comment

Related News