काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य एकै दिन ६ हजार ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार सुन को मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी पनि १४५ रुपेयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार कारोबार रकम ४ हजार ७ सय रुपैयाँ थियो ।


