CLI

नेपाल वायुसेवा निगमको दिल्ली उडान थप: अब हप्ताको १० वटा उडान हुने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ ।

हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 217/218 बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मिति २०८२ चैत्र १७ गतेबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 205/206 बाट हप्ताको ३ दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ ।

यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको छ ।

Leave Your Comment

Related News