CLI

प्रधानमन्त्री र राष्ट्र बैंकका गभर्नरबीच भेट, सम्पत्ति शुद्धीकरण देखि रेमिटेन्स लगायतका विषयमा छलफल

काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।

गभर्नरज्यूले सम्माननीयज्यूसँग हिजो बिहानै प्रधानमन्त्री कार्यालयमा गएर भेट गर्नुभएको हो, ‘यो पहिलो शिष्टाचार भेट भएको उनले जानकारी दिए ।

भेटको क्रममा प्रधानमन्त्री शाहले डर तथा प्रभावमा नरही काम गर्न गर्भनर पौेडेललाई निर्देशन दिएका छन् । उनले ऋण दुरुपयोग गर्ने, सम्पत्ति शुद्धीकरणका क्षेत्रमा गलत काम गर्नेहरुलाई कारवाही गर्न डर नमान्ने आशायका साथ गभर्नर पौडेललाई निर्देशन दिएका थिए ।
हाल सरकारले सम्पत्ति शुद्धीकरणमा संलग्न बिचौलियादेखि ऋण दुरुपयोग गरेर सम्पत्ति बढाएकाहरुको अनुसन्धान तीव्र बनाएको छ । सरकारका सबै निकाय सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लगायतले हाल वित्तीय अपराधको अनुसान्धानको काम अघि बढाएको छ । यसमा नेपाल राष्ट्र बैंकलाई पनि आवश्यक सहयोग गर्नका लागि सरकारले निर्देशन दिएको हो ।

करिब एक घण्टा भएको उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको बताइएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ ।

सो क्रममा भेटमा गभर्नर पौडेलले रिक्त डेपुटी गभर्नर नियुक्तिको विषयमा उठाएका थिए । झन्डै एक महिनादेखि डेपुटी गभर्नर रिक्त भएको भन्दै समयमा नियुक्ति गरिदिए काम गर्न सजिलो हुने गभर्नरले बताएका थिए । तर बालेनले भने यो विषयमा खासै चासो नदिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको गत चैत २४ गतेदेखि रिक्त छ । राष्ट्र बैंकमा हाल कार्यरत १८ कार्यकारी निर्देशक मध्येबाट दुई जना उक्त पदमा नियुक्त हुन्छन् । यसका लागि ४ जनाको नाम गभर्नरले सिफारिस गर्ने र यसमध्ये दुईजना नियुक्त गर्ने व्यवस्था छ ।

Leave Your Comment

Related News