CLI

ओखलढुंगाबाट ओर्लिएका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी

काठमाडौं । तीन दशक समय बिताइ सकेका दुर्गा प्रसाद सुवेदी नेपाली समाजमा परिचित व्यवसायी हुन् । ओखलढुंगा चम्पादेवी ७ मा
बुबा भीम प्रसाद सुवेदी र आमा पदम देवी सुवेदीका कोखमा जन्म लिएका दुर्गा प्रसाद सुवेदी व्यवसाय स्थापित गर्नका लागि काठमाडौं उपत्यकामा रही कडा परिश्रम गरेका व्यक्ति हुन् । हजुरबुबा मोहनलाल सुवेदी र आमाबुबाको प्रेरणामार्फत् मेहनती तथा लगनशील भई काम गरेको परिणामा स्वरुप उनी सफल व्यवसायी हुन सकेका हुन् ।

स्नातक सम्म अध्ययन गरे पछि व्यवसायमा लागेका सुवेदीले कुरियर सेवा रोजेका थिए । कुरियर सेवामा निरन्तर काम गरेका सुवेदी हाल डिवाइके ग्रुपका अध्यक्ष हुन् । डिवाइके जसले कुरियर,लजिस्टीक, हस्पिटालिटी, उर्जा, घरजग्गा र सैलुन लगायतका सेवाहरु प्रदान गर्छ ।
सुवेदीले स्वदेश र विदेशमा रहेका विशेष गरी नेपालीहरुका लागि सहज होस् भन्ने उद्देश्यले कुरियर सेवा सञ्चालन गरेका छन् । प्राथमिकतामा नेपाली नागरिक रहे पनि विश्वका जुनसुकै मुलुकका नागरिकलाई सेवा दिने उद्देश्यका साथ उनले कुरियर सेवा सञ्चालन गरेका हुन् । फलस्वरुप सुवेदीले एपेक्स वल्र्डवाइड एक्सप्रेस प्रा.लि., एपेक्स वल्र्डवाइड एक्सप्रेस (भारत, अमेरिका) र एपेक्स ग्लोबल लोजिक्ट्रिक प्रा.लि नियमित रुपमा सञ्चालन गर्दै आएका छन् ।

आफूलाई कुरियरमा मात्र सीमित नराखी सुवेदीले मुलुकको हस्पिटालिटी क्षेत्रमा समेत योगदान दिएका छन् । डिवाइके हस्पिटालिटी प्रा.लि एपेक्स विजनेस होटेलमार्फत् उनले हस्पिटालिटी क्षेत्रमा योगदान दिएका हुन् ।

लगानी तथा व्यवसायलाई बढाउने क्रममा सुवेदीले बज्र इनर्जी भेन्चर्स प्रा.लि., भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड स्थापना तथा सञ्चालन गरेका छन् । यसका अतिरिक्त कन्भेनियन् प्रोड्क्ट प्रा.लि र राजवाला ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लिसमेत उनले सञ्चालन गर्दै आएका छन् ।
व्यवसायीको पहिचानलाई अझै फराकिलो गर्ने क्रममा उनी विभिन्न संघ संस्थासँग आवद्ध रहेका छन् । सो क्रममा उनी नेपाल कुरियर सेवा संघ, रोटरी इन्टरनेशनल, जेसिआई नेपाल , पतञ्जली योगपिठ र एभरेष्ट चेम्बर अफ कमर्श भारत लगायतका संस्थामा आवद्ध छन् ।

व्यवसायिक र पारिवारिक जिम्मेवारी सफलपूर्वक सम्पन्न गर्दै आएका सुवेदीले आफनो व्यवस्तताको बाबजुद पनि सामाजिक कार्यमा लागेको पाइन्छ । उनी प्राकृतिक प्रकोप देखि लिएर विभिन्न संघ संस्थाको हक हितका लागि समेत निरन्तर सहयोग गरिरहेको पाउन सक्छौं । विभिन्न संघसंस्थामा आबद्ध भएर उनले आर्थिक सहयोग तथा शैक्षिक लगायतका सामग्रीहरु वितरण गरी सामाजिक काम गर्दै आएका छन् ।

Leave Your Comment

Related News