CLI

३ बैंकसहित ६ कम्पनीको बोनस सेयर एकैदिन नेप्सेमा सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन ६ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंक, महुली लघुवित्त, प्राइम कमर्सियल बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, समता घरेलु लघुवित्त र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, महालक्ष्मी विकास बैंकको २१ लाख ४८ लाख २२९.०७९० कित्ता सेयर सूचिकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर दिएको थियो । प्राइम कमर्सियल बैंकको १ करोड ५५ लाख २२ हजार ६०.५७ कित्ता सेयर सूचिकृत भएको हो । गत वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर दिएको थियो । सांग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७८ हजार १२७.८६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले ५ प्रतिशत बोनस सेयर दिएको थियो ।

यता, महुली लघुवित्तको १ लाख ७५ हजार ७१३.६६ कित्ता सुचिकृत भएको छ । कम्पनीले गत वर्षको नाफा बाट ४.७५ प्रतिशत बोनस दिएको थियो । अरुण भ्याली हाइड्रोपावरको १९ लाख २४ हजार १ कित्ता सुचिकृत भएको छ । कम्पनीले ५ प्रतिशत बोनस दिएको थियो  र समता घरेलु लघुवित्तको  ३ लाख १४ हजार ५२५.७८२३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर दिएको थियो ।

उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ

Leave Your Comment

Related News