CLI

प्रधानमन्त्री कपः नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज ।  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो ।

कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए । नेपाल पुलिस क्लबका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ३३ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोडेको थियो ।

नेपाल पुलिस क्लबको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानको ७३ रन जोडेका थिए । कोशी प्रदेशका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिएका थिए । आजको खेलमा नेपाल पुलिस क्लबका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन् ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

Leave Your Comment

Related News