CLI

नेपाल वायुसेवा निगमको दोहा, दुबई र दमाम उडान चैत २४ सम्मका लागि स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगमले मध्यपूर्व क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण आफ्ना केही अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। निगमले एक सूचना जारी गर्दै दोहा, दुबई र दमामका लागि तय गरिएका उडानहरू चैत २४, २०८२ (७ अप्रिल २०२६) सम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

सम्बन्धित देशहरूको हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यो निर्णय लिइएको हो।

उडान रद्द भएका कारण यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले प्रभावित यात्रुहरूलाई टिकटको पूर्ण रकम फिर्ता (Full Refund) दिने व्यवस्था गरेको छ।

यसका लागि यात्रुहरूले आफूले टिकट खरिद गरेको ट्राभल एजेन्सी वा सम्बन्धित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

आगामी उडानहरूको कार्यतालिकाबारे जानकारी लिन निगमको आधिकारिक वेबसाइट वा तोकिएका सम्पर्क नम्बरहरूमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न समेत सूचित गरिएको छ।

 

Leave Your Comment

Related News