CLI

तीन दशक बढी व्यवसायका साक्षी दिल सुन्दर श्रेष्ठ

काठमाडौं । मुलुकको व्यवसायमा तीन दशक बढी योगदान पुराएका व्यक्ति हुन् दिल सुन्दर श्रेष्ठ । तीन दशकको समयमा व्यक्तिगत भन्दा पनि ‘समाज र मुलुकलाई हरतर्फको योगदान दिनुपर्छ’ भन्ने उद्देश्यका साथ अघि बढेको व्यक्ति हुन श्रेष्ठ । त्यसैले गर्दा आर्थिक मात्र नभई राजनीतिक, शैक्षिक,सामाजिक सेवामार्फत् विभिन्न क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान दिदै आएका छन् ।

बुबा कृष्ण सुन्दर श्रेष्ठ र आमा कृष्ण प्यारी श्रेष्ठको कोखबाट जन्म लिएका श्रेष्ठ आफूलाई जन्म दिन आमाबाबु प्रति सदैव गर्व गर्छन् । उनी भन्छन् मेरा अभिभावक तथा सही बाटोको लगाम लगाइदिने बाबुआमाका कारण आफूले चालेको हरेक पाइलमा सफलता मिलेको बताए ।
२०१३ वैशाख १६ गते धुलिखेल, काभ्रेपलान्चोकमा श्रेष्ठले जन्म लिएका हुन् ।

धुलिखेल काभ्रेपलान्चोक जन्म स्थानमा विद्यालय तहका शिक्षा प्राप्त गरेका श्रेष्ठ उच्च शिक्षाका लागि भने काठमाडौं आएका हुन् । काठमाडौंको शंकर देव कलेजमा अध्ययन गरेका उनले सोही कलेजबाट स्नातक तह पास गरी आफनो शैक्षिक योग्यता पुरा गरेका हुन् । विद्यालय, कलेजहरु र अध्ययन गर्ने व्यक्तिहरुको संख्या कम हुने अवस्थामा उनले अध्ययनलाई निरन्तरता दिई शैक्षिक रुपमा सबल बनेका हुन् ।

व्यवस्थापन विषय अध्ययन गरेको र सानै देखि लगानीशील व्यक्तिको भएको कारण उनले आफनो शैक्षिक योग्यतालाई व्यवहारमा परिवर्तन गर्नका लागि व्यवसायतर्फ हाल हाल्न सोच बनाए । त्यसको फलस्वरुप २०५७ मा उनले जुदी इन्टरपाईजेजको स्थापना गरे । जसको उद्देश्य समुन्द्रपार आयात निर्यात व्यापार रहेको थियो । काठमाडौं महानगरपालिका वडा नम्बर १० मा कार्यालय राखी उनले समुन्द्रपार आयात निर्यात व्यापार थालेका हुन् ।

जदि इन्टरप्राइजेजबाट व्यवसायका यात्रा सुरु गरेका श्रेष्ठले त्यसपछि व्यवसायको उकालो ओरालो चढ्दै, मेहनत र परिश्रममार्फत् विभिन्न व्यवसाय विस्तार गर्न सके । समुन्द्रपार आयात निर्यात व्यवसाय पछि उनले मुलुकमा भएको स्रोत साधनलाई सदुपयोग गनुपर्ने मानसिकता बनाए , त्यसको फलस्वरुप उनी जलविद्युत क्षेत्रमा लगानी गर्न थाले । स्रोत पनि आफनै साधन पनि आफनै र उपभोगकर्ता पनि स्वदेशी, दक्षजनशक्ति, श्रमिक लगायतका सम्पूर्ण व्यक्तिहरु पनि आफनै नेपाली दाजु भाइ भए सँगै उनले जलविद्युत क्षेत्रमा लगानी गरेका हुन् ।
उनले विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरे ।

२०५७ पुस ३ गते स्थापना गरेका उक्त हाइड्रोपावरबाट १५.४ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिए । उनले त्यसको लागि आर्थिक लगानी देखि लिएर दक्ष जनशक्ति जुटाएर १५.४ मेगावाट बिजुली निकाल्न सफल भए । उर्जा उत्पादनलाई बढुवा दिनका लागि उनले थप जलविद्युत आयोजनाहरु अघि बढाए । आर.एम इन्भेष्टमेन्ट लिमिटेड स्थापना गरे । धुसाखोलाबाट अवस्थित हाइड्रोपावरमार्फत् १५५ मेगावाट बिजुली निकाल्नको लागि उनले आर.एम इन्भेष्टमेन्ट लिमिटेड स्थापना गरेका हुन् । जसमा उनले सफलता प्राप्त गरे ।

जलविद्युतमा लगानी गर्नु नाफा कमाउनु मात्र उनको उद्देश्य थिएन । शिक्षाको ज्योतिबाट वञ्चित नहोनु र राम्रो शिक्षा प्राप्त गर्न सहयोग पुराउने उद्देश्यले उनले गाँउका कुना काप्चामा बस्ने विद्यालय अध्ययनरत बालबालिकाका बिजुलीको अभावमा पढ्न नपाउने वातावरण हटाउनु रहेको थियो । जसले उनलाई आत्मसन्तुष्टि दिन्थ्यो । शहरमा बत्ती तथा उर्जाका विकल्प छन् तर गाँउमा बस्नेलाई छैन साना बालबालिकाले बिहान बेलुका घरमा राम्रो सँग पढ्न सकुन भनेर उनले गाँउघरमा हाइड्रोपवार स्थापना गरी बिजुली वितरण गरेका हुन् ।

नाफा भन्दा पनि बिजुली गाँउघरको कुना काप्चामा पुगोस् भन्ने उद्देश्यले हाइड्रोपावर स्थापनालाई निरन्तरता दिएका छन् । उनले मल्टि इनर्जी डेभलपमेन्ट लिमिटेड निर्माणको क्रमममा रहेको छ । जसको २० मेगावाट क्षमता हो । पिपल्स इनर्जी लिमिटेड पनि निर्माणधीनको क्रममा रहेको छ । जसको क्षमता ४८.८ मेगवाट रहेको छ ।

उद्योग वाणिज्य संघ
श्रेष्ठले व्यवसाय तथा उर्जा उत्पादकको रुपमा निरन्तरकाम गर्दै आएको कारण मुलुकको विभिन्न संघ संस्थामा समेत योगदान दिएका थिए । उनले निजी क्षेत्रका विभिन्न संघ संस्थामा वैचारिक, आर्थिक, परोपकारी लगायतका योगदान दिएका थिए त्यसको कदरस्वरुप उनलाई निजी क्षेत्रका महत्वपूर्ण मानिने उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघका विभिन्न पदमा बस्नलाई व्यवसायी तथा उद्योगी साथीभाईहरुले आग्रह गरे । सोही अनुरुप उनी २०३६ सालमा उदयपुर उद्योग वाणिज्य संघको महासचिव भएर काम गरे ।

उनले उदयपुरमा हुन सक्ने व्यवसात तथा उद्योगको विकासको लागि महत्वपूर्ण भूमिका खेल । साथै संघको महासचिव भए पछि उनले संघलाई अघि बढाउने काम गरे । २०३६ देखि २०३८ सम्म महासचिवको नेतृत्व गरेका श्रेष्ठले संघलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका खेले । पद भित्र र बाहिर बसेका व्यवसायी तथा उद्योगी साथीहरुलाई समान अवसर प्रदान गरे । सरकार तथा समाजबाट निजी क्षेत्रमाथि हुने गलत व्यवहारलाई रोक्न समेत उनले महत्वपूर्ण भूमिका खेले ।

श्रेष्ठ आवद्ध भएका संघ संस्थाहरु

श्रेष्ठले संघमा गरेको योगदानका कारण उनले निरन्तर विभिन्न पदमा रही आफनो कामलाई निरन्तर अघि बढाए । २०६३ देखि २०७३ सम्म उनी धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्षको रुपमा नेतृत्व गरे । तीन कार्यकाल अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्दा उनले गरेको कामको प्रशांसा रह्यो , जसले हालसम्म पनि निरन्तरता पाएको छ ।

उनी २०६८ देखि २०७० सम्म नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणाी सदस्य मनोनित भए । सोही समयमा व्यपार प्रवद्र्धन समिति (नेउवामहासंघ) का उनी सभापति भए ।

२०७० देखि २०७३ को सम्म उनी नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य निर्वाचित भए । सोही समयमा कृषि उद्यम केन्द्रका सभापति समेत उनी भए ।

उनको कामको प्रशंसा गर्दै नेपाल सरकराले अर्थ मन्त्रालयअन्र्तगत राजस्व परामर्श समितिका सदस्य मनोनित गर्यो । २०७३ देखि २०७६ सम्म उनी उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य भए । सोही समयमा नेउवामहासंघका मेला समिति सभापति भए ।
२०७५ देखि २०७७ महासंघ बाग्मती प्रदेशको पदेन सदस्य बने । २०७७ देखि २०७९ सम्म उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका अध्यक्ष भए । उनले बाग्मती प्रदेशको अध्यक्ष हुँदा यस क्षेत्रमा सुधारत्मक कामरु गरे ।

हाल श्रेष्ठ महासंघका बाग्मती प्रदेशमा अध्यक्ष पदमा रहेका छन् । २०७९ देखि २०८२ सम्म नै उनी महासंघ बाग्मती प्रदेशका अध्यक्ष पदमा रही आफनो जिम्मेवारी सम्हालेका छन् ।

Leave Your Comment

Related News