CLI

आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी र पशुपति रिन्यूएबल्सले कम्पनी रहेका छन् ।

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति माग्दै चैत १६ गते बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै नेशनल वायोटेक लिमिटेडले पनि अंकित मूल्य १०० रुपैयाँ दरमै १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यो कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

यता, सभापोखरी हाइड्रोपावर लिमिटेडले पनि १०० रुपैयाँ अंकित मूल्यमा १० करोड ७५ लाख रुपैयाँ बराबरको १० लाख ७५ हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पशुपति रिन्यूएबल्सले पनि १०० रुपैयाँ अंकित मूल्यमै १४ करोड ४० लाख रुपैयाँ बराबरको १४ लाख ४० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

इष्टर्न साहारा कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरकै २७ करोड ५० लाख रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Leave Your Comment

Related News