CLI

आईपीएल २०२६: पहिलो जितको खोजीमा कोलकाता र हैदराबाद आज भिड्दै

काठमाडौं । आज आईपीएलको छैटौं खेलमा कोलकाता नाइट राइडर्स ले आफ्नो घरेलु मैदान इडेन गार्डेन्समा सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

दुबै टोलीहरूले यस सिजनको आफ्नो पहिलो खेलमा पराजय बेहोरेका हुनाले आजको खेलमा पहिलो जितको खोजीमा हुनेछन् । यो खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ।

अजिंक्य रहाणेको कप्तानीमा रहेको कोलकाता अघिल्लो खेलमा मुम्बई इन्डियन्ससँग पराजित भएको थियो भने इशान किशनको नेतृत्वमा रहेको हैदराबाद डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलोरसँग हारेको थियो ।

Leave Your Comment

Related News