CLI

विदेश अध्ययनमा जाने नेपाली विद्यार्थीबाट ९७ अर्ब रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा करिब ९७ अर्ब रुपैयाँ बाहिर लगेका छन् । गत वर्षको सोही अवधिमा विद्यार्थीले  ८८ अर्ब ९२ करोड रुपैयाँ लगेका थिए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।

प्रतिवेदन अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १.७ प्रतिशतले घटेर १ खर्ब ४५ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यय १ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी, अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी विदेश जाने क्रम जारी रहँदा देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने अवस्था कायम रहेको छ।

 

Leave Your Comment

Related News