CLI

संघीय संसदको सभामुखको निर्वाचन चैत २२ मा हुने कार्यकातिका सहित

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  सचिवालयले तय गरेको तालिका अनुसार   चैत २२ बिहान ११ बजे बस्ने संसदको बैठकमा  निर्बाचन तोकिएको  छ।

संसद सचिवालयले जारी गरेको सुचना अनुसार  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन  हुनेछ  ।

संसद सचिवालयले तयार गरेको निबार्चन तालिका अनुसार पहिलो चरणमा २०८२ चैत २० गते बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सभामुख पदका लागि प्रस्ताव दर्ता गरिनेछ। सभामुखका प्रत्यासी उमेद्वारको उमेद्वारी  दर्ता  संघीय संसद सचिवालय, काठ घर  नम्बर २ मा हुनेछ   ।

त्यसै दिन दिउँसो २:३० बजे प्रस्ताव दर्ता भएका उम्मेदवारहरूको नामावली सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ।

२०८२ चैत २२ गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उम्मेदवारको प्रस्ताव पेश, समर्थन तथा आवश्यक प्रक्रिया पूरा गरी सभामुख चयन गरिनेछ।

सभामुखका उमेद्वारले  आफ्नो एकप्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने   छ।

संघीय संसदमा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभामुखको उमेद्बारको रुपमा पार्टी सभापति एंव काठमाडौ क्षेत्र नम्बर २ बाट निर्बाचित सांसद डोल प्रसाद अर्याल( डि. पि) लाई बनाउने निर्णय रबि लामिछानेको प्रस्ताबमा अघि केही समय अगाडि बसेको संसदीय दलको बैठकबाट सर्वस्म्मत रुपमा पारित गरेको छ ।

Leave Your Comment

Related News