CLI

भक्तपुरको हिलोरा हिल्स रिसोर्टले साधारण शेयर निष्काशन गर्ने

काठमाडौं । भक्तपुरस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिलोरा हिल्स रिसोर्ट लिमिटेड ले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले रु.१०० अंकित दरका ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ, जसबाट जम्मा रु. ४० करोड उठाउने लक्ष्य राखिएको छ।

यस शेयर निष्काशनको व्यवस्थापनका लागि लक्ष्मी सनराइज  क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। हिलोरा हिल्सका संचालक दीप विक्रम विष्ट र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच २०८२ चैत्र १९ गते नयाँ बानेश्वर, काठमाडौंमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो।

हिलोरा हिल्स रिसोर्ट काठमाडौं उपत्यकाको मनोरम दृश्य देखिने पहाडहरूको बीचमा अवस्थित छ। यसमा १०० भन्दा बढी कोठाहरू, स्काई भ्यू रेस्टुरेन्ट, इन्डोर स्विमिङ्ग पूल र पिकनिक स्पट लगायत सुविधाहरू रहेका छन्। साथै, रिसोर्ट १५००–२००० जनाका लागि भोज, सम्मेलन र कार्यक्रम संचालन गर्न सक्षम छ।

कम्पनीले निकट भविष्यमा साधारण शेयर निष्काशन प्रक्रिया शुरु गर्ने तयारीमा रहेको जनाएको छ। यस कदमले कम्पनीलाई पूँजी वृद्धिमा मद्दत पुग्ने र लगानीकर्तालाई आकर्षक अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

Leave Your Comment

Related News