काठमाडौं । नेपाल आयल निगमले २०८२ चैत २० गते शुक्रबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजेलमा/मट्टितेलमा १५ रुपैयाँ बढेको हो । मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा निरन्तर भइरहेको मूल्यवृद्धद्धिको प्रभाव नेपालमा पनि परेको हो । मूल्य समायोजन भएता पनि निगमलाई प्रति लिटर पेट्रोलमा ३४.३६, प्रति लिटर डिजेलमा १२०.५४ तथा एल. पि. ग्यासमा प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको बताइएको छ । यो मूल्य समायोजन पश्चात पनि निगमलाई ११ अर्ब ७१ करोड घाटा हुने नेपाल आयल निगमले जनाएको छ
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढ्यो


