CLI

कोलकतामाथि लखनऊको जित 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनऊ सुपर जायन्ट्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार राति भएको खेलमा लखनऊले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको हो ।

कोलकाताको इडेन गार्डेन्समा भएको खेलमा कोलकाताले दिएको १८२ रनको लक्ष्य लखनउले ७ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि युवा खेलाडी मुकुल चौधरीले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै बदलि दिए । चौधरीले केवल २५ बलमा अर्धशतक बनाउँदै अविजित ५४ रन बनाए । उनलाई आयुष बडोनी ले ५४ रन बनाएर राम्रो साथ दिए ।

यस अघि पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो । कोलकाताका लागि अंगकृष रघुवंशी ले ४५ रन र अजिंक्य रहाणेले ४१ रन बनाए ।

Leave Your Comment

Related News