CLI

आईपिएल २०२६ : अपराजित दुई टोली आज भिड्दै

काठमाडौं । आजको आईपिएल २०२६ अन्तर्गतको १६औँ खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु बीच प्रतिस्पर्धा हुँदैछ।

यो खेल नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे गुवाहाटीको बरसापारा स्टेडियममा सुरु हुनेछ।

यस सिजनमा अहिलेसम्म दुवै टोली अपराजित रहेकाले आजको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। राजस्थानका कप्तान रियान पराग र बेंगलुरुका कप्तान रजत पाटीदार दुवै आ-आफ्नो टोलीको अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछन् ।

 

Leave Your Comment

Related News