CLI

यात्रु बढेपछि विमानस्थलमा भिड नियन्त्रणका लागि कडाइ, यस्तो छ निर्णय

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा बढ्दो भिड नियन्त्रण गर्न सार्वजनिक अपिल जारी गरेको छ।

हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा हवाई यात्रुहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको छ। प्राधिकरणका अनुसार, एक जना यात्रुको स्वागत तथा बिदाइका लागि धेरै संख्यामा आफन्तजन आउने क्रम बढ्दा विमानस्थल परिसरमा अत्यधिक भिडभाड हुने गरेको छ।

सीमित स्थानका कारण यस्तो भिडले सुरक्षा चुनौती सिर्जना गर्नुका साथै स्वदेशी तथा विदेशी यात्रुहरूको आवागमनमा असुविधा भएको बताइएको छ। यसले विमानस्थल व्यवस्थापनमा समेत नकारात्मक असर पारिरहेको प्राधिकरणको भनाइ छ।

यही अवस्थालाई ध्यानमा राख्दै, प्राधिकरणले एक जना यात्रुको लागि बढीमा तीन जना मात्र आफन्तजनलाई स्वागत तथा बिदाइका लागि आउन अनुरोध गरेको छ।

Leave Your Comment

Related News