काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंकहरुमा परेको छ । फलस्वरुप वाणिज्य बैंकहरुको गैर बकिङ सम्पत्ती आर्थिक वर्ष २०८२\८३ को ८ महिनसम्मा ४३ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्ममा गैर बैकिङ सम्पत्ती ४३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ पुगेको छ।
२० वाणिज्य बैंकमेध्य १९ बैंकसंग मात्र उक्त सम्पति रहेको छ । यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको गैर बकिङ सम्पत्ती शून्य रहेको छ ।
१९ वाणिज्य बैंक मध्य ६ बैंकको गैर बैकिङ सम्पति घटेको छ भने १३ वटा बैंकको बढेका छन् । चालु आवमा सबै भन्दा बढी गैर बैकिङ सम्पत्ती हिमालयान बैंक रहेको छ । बैंकको उकत सम्पत्ती ३४.२९ प्रतिशतले बढेर ६ अर्ब ८ करोड ९० लाख पुगेको छ । गत वर्ष ४ अर्ब ५३ करोड ४० लाख थियो ।
यता,ग्लोबल आइएमई बैंकको ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत आवको तुलनामा उकत सम्पती ९ करोड ६० लाख रुपैयाँले बढेको छ । गत वर्ष ५ अर्ब ८८ करोड ३० लाख रुपैयाँ थियो ।
त्यसगरि ,नेपाल एसबिआई बैंक र प्राइम कमर्सियल बैंकको गैर बैकिङ सम्पती १०० प्रतिशतले भन्द बढीले बढेको छ ।
माछापुच्छ्रे बैंकको गैर बैंकिङ सम्पति ३६.३३ प्रतिशत अर्थात ३५ करोड ६० लाख रुपैयाँ घटेको छ । गत आवको सोहि अवधिमा बैंक संग ९८ करोड रुपैयाँ थियो भने चालु आवको माघ मसान्तसम्म ६२ करोड ४० मात्र रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको उकत सम्पती ११.७१ प्रतीशतले घटेको छ । बैंकको चालु आवमा ५१ करोड ३० लाख रुपैयाँ गैर बैङकिङ सम्पती रहेको छ । गत आवको सोहि आवधिमा बैंक संग ५८ करोड २० लाख रुपैयाँ थियो ।



