CLI

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी ठाकुर निर्वाचित

काठमाडौं । संघीय संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर निर्वाचित भएकी छिन् । आज भएको निर्वाचनमा उनले २२९  मत ल्याएर विजयी भएकी हुन् ।

राप्रपाकी सरस्वती लामाले ५ मत पाइन भने २२ मत तटस्थ रहयो । ठाकुर २५ वर्षकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।

Leave Your Comment

Related News