CLI

नेपाल र यूएईबीचको खेल फ्लडलाइटमा हुने

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र यूएईबीचको दुई टी-२०आई खेल फ्लडलाइटमा खेलिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त खेल फ्लडलाइटमा हुने जनाएको छ । अप्रिल २० र २१ मा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।

नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको पहिलोपटक हो । यसअघि एनपीएलको दोस्रो संस्करण रातको समयमा भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको शृंखलाअघि नेपालले यूएईसँग टी-२०आई खेल्ने भएको हो ।

नेपालमा लिग २ को अर्को शृंखला पनि हुनेछ । मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला हुनेछ ।

Leave Your Comment

Related News