CLI

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अन्त्य गरे साढे ३ लाख पेन्सनकर्ताको झन्झट, सुरु भयो ई-पेन्सन प्रमाणिकरण

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज-पेन्सन प्रमाणिकरण प्रणाली सुरुवात गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उनले महालेखा नियन्त्रकको कार्यालयले तयार गरेको उक्त प्रणाली सुरुवात गरेका हुन ।
यससँगै साढे तीन लाख पेन्सनकर्ताको दिक्दारीपूर्ण पेन्सन नवीकरण र बैँक छनोटको झन्झट समाप्त भएको छ भने सरकारले तिर्नुपर्ने बैँक कमिसन पनि शून्यमा झर्ने अपेक्षा गरिएको छ ।

यो प्रणाली सुरुवात पछि के हुन्छ ?
-निवृत्तभरकहरू भौतिक रुपमा उपस्थित हुन पर्दैन अब घरैबाट सेवा प्राप्त गर्न सकिन्छ,
-भुक्तानी गर्नुपर्ने बैँक कमिसनको भार (वार्षिक सरदर १५ करोड) घट्ने,
-नगद प्रवाह अनुमानयोग्य भई भई ढुकुटीमा हुने चाप व्यवस्थापन गर्न सकिने,
-पेन्सनको म्यानुअल गणनाका क्रममा हुने मानवीय त्रुटि कम हुने,
-यो योजनामा पर्ने तीन लाख ५२ हजार ८१६ (निष्क्रीय ४४ हजार समेत) निवृत्तभरकको हैरानी अब समाप्त हुन्छ र अनलाइनमा घरैबाट यो सेवा प्राप्त हुन्छ ।

यो प्रणाली सुरु गर्नु अघिको अवस्था के थियो ?
-नयाँ निवृत्तभरक केबल बैँक छान्ने कार्यका लागि मात्र निवृत्तभरण व्यवस्थापन कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने अवस्था थियो,
-निवृत्तभरक स्वयम् बैँकमै उपस्थित भई हरेक वर्ष खाता नवीकरण गर्नुपर्ने थियो,
-पेन्सन रकम र कर गणना गर्ने कार्य म्यानुअल्ली हुने गरेको थियो,
-समयमै नवीकरण नहुँदा नगद प्रवाह अनुमानयोग्य हुन सकेको थिएन।

Leave Your Comment

Related News