काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको स्थगित ६० औं साधारण सभा र कार्यसमिति छनौट निर्वाचन बैशाख २१ र २२ गते गर्ने प्रस्ताव गरिएको छ ।
आज बसेको पदाधिकारी बैठकले वैशाख २१ र २२ गते साधारण सभा तथा चुनाव गर्ने प्रस्ताव गरेको हो।
१८ वटा वस्तुगत संघको सदस्यता विवादमा उच्च अदालतको आदेशपछि चैत २९ र ३० गतेका लागि तोकिएको साधारण सभा तथा चुनाव स्थगित भएको थियो ।
स्थ्गित निर्वाचन र साधारण सभा गर्न .पदाधिकारी बैठकले नयाँ मिति प्रस्ताव गरेको हो । यसका लागि वैशाख ९ गते केन्द्रीय कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको छ । बैठकले औपचारिक मिति टुङ्ग्याउने छ ।
सदस्यता विवादबारे भने एकपटक फेरि सदस्यता समितिलाई सोध्ने निर्णय भएको छ ।
१८ ओटा वस्तुगत सङ्घको मताधिकारसहितको सदस्यता विवाद अदालत पुगेपछि साधारण सभा नै स्थगित भएको थियो ।


