CLI

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराएका थिए ।

साथै उनिहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Leave Your Comment

Related News