काठमाडौं । सामाजिक सञ्जालमार्फत ‘खेलाडीले अम्पायरलाई गल्तीले हिर्काए कति खेल प्रतिबन्ध हुन्छ?’ भनेर प्रश्न गरेका नेपाली राष्ट्रिय टोलीका पेसर करण केसीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ।
नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणले एक पेजमा अम्पायरको निर्णयसम्बन्धी विवादित पोस्टमा कमेन्ट गर्दै उक्त जिज्ञासा राखेका थिए।
नेपाल क्रिकेट अम्पायर तथा स्कोरर संघले क्त टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले करणलाई कारबाही गरेको हो। क्यानका अनुसार उनलाई प्रधानमन्त्री कपको एक खेलमा प्रतिबन्ध लगाइएको छ। साथै १०० प्रतिशत म्याच शुल्क जरिबाना गर्ने निर्णय गरिएको छ।



