काठमाडौं ।आजको प्रिमियर लिग खेलमा सन्डरल्यान्डले टोटेनहम हट्सपरलाई १–० ले पराजित गरेको छ। सन्डरल्यान्डका लागि ५६औँ मिनेटमा नोर्डी मुकिएलेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो, जुन खेलको निर्णायक गोल बन्यो।
यो हारले टोटेनहमको प्रिमियर लिगमा टिकिरहने संघर्षलाई थप कठिन बनाएको छ, किनकि टोली अझै पनि रेलिगेसन जोनमै अल्झिएको छ। लिगमा अब ६ खेल मात्र बाँकी रहँदा टोटेनहम सुरक्षित स्थानभन्दा २ अंकले पछि परेको छ ।


