CLI

घरजग्गा कारोबारमा पुनः सुधार, कर्जा र राजस्व वृद्धि हुँदा २३ अर्बको राजस्व पछ्याँउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारमा पुनः सुधार भएको छ । कुनै आर्थिक वर्षमा २३ अर्ब बढी राजस्व संकलन घरजग्गा कारोबार पुनः लयमा फर्किदाँ १५ अर्बसम्म राजस्व संकलन पुगेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आर्थिक वर्ष २०७८ /७५ को पहिलो त्रैमासमा .२३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७०/८० को पहिलो त्रयमासमा ८. २ अर्बमा झरेको र पछिल्लो अवधिमा पुनः सुधार भई २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको छ ।

राजस्व मात्र नभई घरजग्गा कर्जामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि २०८१ / ८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको छ ।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको छ भने मधेश प्रदेशमा २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ । घोषित मूल्य ( थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।

कारोबार सङ्ख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा छ । त्यसपछि लुम्बिनी र कोशी रहेका छन् । कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम कारोबार हुने गरेको छ । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी र लुम्बिनी प्रदेश रहेका छन् ।

Leave Your Comment

Related News