काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कर्जा १.७ गुणले बढेको जनाएको छ । राष्ट्र बैंकले विगत पाँच वर्षमा घर जग्गा कर्जा १.७ गुणाले बढेको छ, १ खर्ब ६०.३६ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ७५.९६ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि वृद्धि प्रवृत्ति सहज भएको छैन।
राष्ट्र बैंकले सोमबार ‘रियल स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवत्तिसम्बन्धी तथ्यांक ’ प्रतिवेदन प्रकाशन गर्दै उक्त कुरा बताएको हो ।

प्रतिवेदन अनुरुप २०७८/७९ को पहिलो त्रैमासिकमा घरजग्गा कर्जामा वार्षिक वृद्धि २४.५ प्रतिशत पुगेको थियो । विगत चार आर्थिक वर्षहरूमा, घरजग्गा कर्जाको औसत त्रैमासिक वृद्धि दर त्रैमासिक आधारमा २.७० प्रतिशत र वार्षिक आधारमा १२.४८ प्रतिशत रहेको छ ।
२०८१/८२ को चौथो त्रैमासिकमा रेकर्ड गरिएको वृद्धि औसतभन्दा कम थियो, जसले घरजग्गा ऋणको मागमा कमी आएको संकेत गर्दछ ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुले घर जग्गा कर्जा वितरण गर्दै आएको छ । ती संस्थाहरुले न्यूनतम २० लाख देखि कर्जा वितरण गर्दै आएको छ ।




