CLI

भृकुटीमण्डपमा भाडा नतिर्ने सङ्घ संस्थामा तालाबन्दी

काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

वर्षौसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

आइतबार २० वटा सङ्घ संस्थाका कार्यालयमा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् । रिपोर्टस क्लबदेखि अन्य विभिन्न सङ्घ संस्था ताला लगाइएको हो।

Leave Your Comment

Related News