CLI

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित दुई र एक कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरूले दैलेखको गुराँस गाउँपालिकास्थित कर्णाली नदी र लोहरेखोला क्षेत्र, तल्लो डुङ्गेश्‍वरबाट गिट्टी, बालुवा, ढुङ्गा र ग्राभेल उत्खनन, सङ्कलन तथा बिक्री वितरणको ठेक्‍का सम्झौता गर्दा बैंक ग्यारेण्टी नलिई सम्झौता गरेर राजस्व हिनामिना गरेको आयोगको आरोप छ।

अख्तियारले २२ लाख ४४ हजार बिगो मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेकाे छ।

Leave Your Comment

Related News