६६ अर्ब ५२ करोड पुग्यो निर्जीवन बीमा कम्पनीहरुको लगानी रकम, सबैभन्दा बढी लगानी गर्नेमा सिद्धार्थ इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको लगानी बढेको छ । मुलुकमा रहेको १४ वटा निर्जीवन बीमा कम्पनीहरुले सरकारी तथा निजी  कोषहरुमा गरेको लगानी रकम ६६ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार मुलुकमा सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमाहरुले गत आर्थिक वर्षमा ६६ अर्ब ५२ करोड २० हजार रुपैयाँ सरकारका विभिन्न कोषमा लगानी गरेका छन् । कम्पनीहरुले सरकारले तोेकेको निश्चित नियम भित्र रही उक्त रकम लगानी गरेको प्राधिकारणका अधिकारीहरुले बताएका छन् । विशेष गरी कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेप, संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्र, घर जग्गा,सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर गरी मुख्य १४ वटा क्षेत्रमा बढी लगानी गर्दै आएको पाइन्छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी लगानी गर्ने कम्पनीहरुमा सिद्र्धाथ प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सगरमाथा लुम्बिनी इन्स्योरेनस कम्पनीहरु रहेका प्राधिकरणले जानकारी दिएको छ । समीक्षा अवधिमा सिद्र्धाथ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८ अर्ब ४६ करोड ३ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८ अर्ब ८ करोड ५१ लाख रुपैयाँ , सगरमाथा लुम्बिनी इन्स्योरेनस कम्पनीले ६ अर्ब २१ करोड १२ लाख रुपैयाँ, नेको इन्स्योरेनस कम्पनीले ६ अर्ब १० करोड २ लाख रुपैयाँ,नेपाल इस्योरेन्स कम्पनीले ४ अर्ब २३ करोड २ लाख रुपैयाँ, द आरेन्टल इन्स्योरेन्स कम्पनीले ३ अर्ब २९ करोड २१ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले २ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले २ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ लगानी विभिन्न कोषमा गरेका छन् । त्यस्तै समीक्षा अवधिमा शिखर इन्स्योरेनस कम्पनीले ४ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ,हिमालयन इभरेष्ट इन्स्योरेन्स कम्पनीले ५ अर्ब २ करोड २२ लाख रुपैयाँ,सानिमा जर्नरल इन्स्योरेन्स कम्पनीले ३ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५ अर्ब १९ करोड १७ लाख रुपैयाँ, र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ४ अर्ब १ करोड ७८ लाख रुपैयाँ लगानी विभिन्न कोषमा गरेका छन् ।

गत आर्थिक वर्षमा घरजग्गामा लगानी नगरेका उक्त १४ वटा कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वाणिज्य बैंकको मुद्दती निक्षेपमा, पूर्वाधार बैंकको मुद्दती निक्षेपमा र सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयर लगायतका शीर्षकमा भने लगानी गरेका छन् । समीक्षा अवधिमा उक्त कम्पनीहरुले संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब ६ करोड ५ लाख रुपैयाँ, विकास बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, वित्त कम्पनी तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब १७ करोड रुपैयाँ, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ३ अर्ब ८६ करोड ५ लाख रुपैयाँ, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब २४ करोड ३८ लाख रुपैयाँ सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा ९९ करोड ५४ लाख रुपैयाँ, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा लगायतका नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचअल फन्डमा ७२ करोड ८४ लाख रुपैयाँ, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा १४ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ४१ करोड ७९ लाख रुपैयाँ, सुचीकृत नभएको अन्य पब्लिक लिमिटेड कम्पनीको शेयरमा १ करोड ९१ लाख रुपैयाँ र अन्य लगानी २ अर्ब १८ करोड ८ लाख रुपैयाँ गरेका छन् । निर्जीवन बीमकको लगानी निर्देशन २०८० अनुरुप निर्जीवन बीमा कम्पनीहरुले बचतकोष, निक्षेपकोष, कृषि, सेवा लगायतका सरकारका विभिन्न कोषहरुमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ भने सोहि व्यवस्थामा रही कम्पनीहरुले लगानी गर्दै आएको पाइन्छ । सरकारले तयार गरेको उक्त निर्देशिकामार्फत् निर्जीवन बीमा कम्पनीहरुले कुन कुन क्षेत्रमा कति लगानी गर्ने भन्ने विषयको स्पष्ट व्यवस्था गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार