वार्षिक रुपमा करिब २० अर्ब लाभांश लैजादै विदेशी लगानीकर्ता, सबैभन्दा बढी सूचना र सञ्चार क्षेत्रबाट लगे

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी लगानीकर्ताले लगानीको प्रतिफलस्वरुप लैजाने लाभांश रकम वार्षिक करिब २० अर्ब रुपैयाँ रहेको बताएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन, २०७९/८०’ अनुरुप पछिल्लो तीन वर्षमा विदेशी लगानीकर्ताले लाभांश वापत् ५९ अर्ब ८ करोड ५० लाख रुपैयाँ लगेका छन् । सन् २०२०/२१ मा २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ, सन् २०२१/२२ मा १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ र सन् २०२२/२३ मा १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ ।

उनीहरुले कृषिजन्य, निर्माण, उर्जा, उत्पादन, खानी, शिक्षा, मानवीय स्वास्थ्य र सामाजिक कार्य, सुचना र सञ्चार लगायतका क्षेत्रमा लगानी गरे पश्चयात प्राप्त प्रतिफलस्वरुप लाभांश रकम लगेका हुन् ।

तीनवर्षको अवधिमा सबैभन्दा बढी लाभांश वितरण सूचना तथा सञ्चारजन्य उद्योगमा भएको छ । समक्षिा अवधिमा सूचना र सञ्चारबाट २३ अर्ब ६ करोड ४ लाख रुपैयाँ, कृषि, वन र मत्यसजन्य बाट ३० लाख रुपैयाँ, निर्माणबाट ५ करोड २२ लाख रुपैयाँ, जलविद्युत, ग्यास र एयर कन्डिसिङबाट ५ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ, उत्पादनबाट २२ अर्ब ९१ करोड ८ लाख रुपैयाँ, आवास र खानाबाट २ करोड ४७ लाख रुपैयाँ , शिक्षाबाट ३० करोड ३० लाख रुपैयाँ, वित्तीय तथा बीमा क्षेत्रबाट ५ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ, मानवीय स्वास्थ्य र सामाजिक कार्यबाट २८ लाख रुपैयाँ, यातायात र भण्डारबाट ६ करोड ८६ लाख रुपैयाँ र अन्य उद्योगबाट १ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ लाभांश रकम लगेका छन् ।

लगानीको प्रतिफलस्वरुप विदेशी लगानीकर्ताले लाभांश लैजाने गरेको राष्ट्र बैंकले जनाएको छ । लाभांश विदेशी लगानीकर्ताले नेपालबाट लगेका हुन् । उनीहरुले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्राउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखाङकन गर्न भने राष्ट्र बैंकमार्फत् गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्याङ्कन गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार १५ वटा भन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बङ्गलादेश लगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार