नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ मनाउने

काठमाडौं । धितोपत्र बजारका नियमनकर्ताहरुको अर्न्तराष्ट्रिय संगठन (International Organisation of Securities Commissions, IOSCO) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह (World Investor Week) आयोजना गरी धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतना, सावधानी तथा बजारका विविध पक्षहरुका सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी प्रदान गर्ने उद्देश्यले विश्वव्यापीरुपमा सप्ताहभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरी मनाउँदै आईरहेको छ  ।

बोर्डले IOSCO का कुल ११८ सदस्य देशहरु र क्षेत्रीय तथा विश्वस्तरीय कुल १३ संस्थाहरुसँगै World Investor Week को आठौं संस्करण आयोजना गर्ने क्रममा यहि कार्तिक ६ गतेदेखि १२ गतेसम्म IOSCO बाट यस संस्करणका लागि निर्धारण गरिएको “ Basics of Investing, Technology and Digital Finance and Frauds & Scam Prevention ” अर्थात् लगानीका आधारभूत पक्षहरु, प्रविधि तथा डिजिटल फाइनान्स तथा दिगो वित्त र धोखाधडी तथा घोटालाको रोकथाम सम्बन्धी मुख्य विषयवस्तुहरु समेटी पुँजीबजारको साक्षरता नपुगेका ठाउँहरुमा सचेतना अभिवृद्धि गरी लगानीकर्ताको सशक्तिकरण गर्न पुँजी बजार सम्बद्ध सम्पूर्ण पक्षहरुको संलग्नतामा जनसांख्यिक तथा भौगोलिक आधारमा लक्षित सहभागीहरुलाई पुँजीबजार साक्षरता तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी गराउने र धितोपत्र बजारमा हुनसक्ने गलत तथा आपराधिक गतिविधिहरु प्रति सावधान गराउन  नेपाल धोतोपत्र बोर्डले  यस वर्षको विश्व लगानीकर्ता सप्ताह २०२४ (World Investor Week 2024 ) आयोजना गरेको छ  ।

सो लगानी सप्ताहमा   देशभरका युवा विधार्थी, आम लगानीकर्ता तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहने  धितोपत्र बोर्डले जनाएको छ । संघ, प्रदेश तथा जिल्लास्तरीय सप्ताहव्यापी यो कार्यक्रम बोर्डको समन्वयमा नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग, मर्चेन्ट बैंकर एशोसिएसन, स्टक ब्रोकर एशोसिएशन अफ नेपाल, धितोपत्र ब्रोकर्स एशोसिएशन अफ नेपाल, क्रेडिट रेटिङ्ग संस्था, स्टक डिलर, निजी क्षेत्रको छाता संगठन- नेपाल उद्योग वाणिज्य महासंघको संलग्नतामा विभिन्न कार्यक्रमहरु  बोर्डले तयार गरेको छ ।

हाल नेपालमा ६३, ८१, ९२३ डिम्याट खाता प्रयोगकर्ताहरु रहेका तथा दोस्रो बजारमा कारोवारका लागि कुल २१,९४,६०२ सक्रिय टिएमएस प्रयोगकर्ताहरु रहेका छन् । यो संख्या नेपालको कुल जनसंख्याको क्रमशः २१ प्रतिशत र ७ प्रतिशत हो  । लगानीकर्ताहरुलाई केन्द्रीत गरी संचालन हुने सप्ताहव्यापी अन्तर्राष्ट्रिय कार्यक्रममा हुने लगानीकर्ताहरुको सहभागीताबाट धितोपत्र बजार, प्रविधि, बजार सुधार तथा विकास सम्बन्धमा भईरहेका पहल, लगानी सम्बन्धी औजार, सेवा प्रवाह, लगानी सम्बन्धी सुसूचित निर्णयको महत्व, लगानी सम्बन्धमा हुनसक्ने गलत कार्य तथा अभ्यास, लगानीका सम्बन्धमा अपनाउनुपर्ने सावधानी आदिका सम्बन्धमा आम लगानीकर्ताहरु सुसूचित तथा वित्तीयरुपमा साक्षर भई लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट समग्र पुँजीबजारको स्थायित्व तथा विश्वसनीयता वृद्धि गर्ने खालका कार्यक्रे सञ्चालन गरिने बोर्डले नजाएको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार