काठमाडौं । नेपालले पहिलो कन्ट्री रेटिङमा बीबी माइनस रेटिङ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ ।
फिचले बिहीबार सार्वजनिक गरेको संक्षिप्त विवरणअनुसार नेपालको कन्ट्री रेटिङ तुल्नात्मक रुपमा सकारात्मक देखिएको हो ।
रेटिङले राजनीतिक अस्थिरता र संरचनागत चुनौतीका बीचमा मुलुकले आर्थिक सुधारका लागि महत्त्वपूर्ण कदमहरु चालेको उल्लेख छ ।
नेपालका प्रदेशहरुले हाल कुनै ऋण लिएका छन् । तर अधिकतम सरकारी संस्थानहरुले ठूलो परिणाममा सरकारबाट ऋण लिएका छन् । सरकारी ऋण कुल ग्रार्हस्थ्य उत्पादनको १ प्रतिशत छ । सरकारी ऋणको ४० प्रतिशतभन्दा बढी बाह्य र सहुलियतपूर्ण छ । जसको औसत परिपक्कता अवधि १३ वर्ष र औसत ब्याजदर १ प्रतिशतभन्दा कम छ । तीन वर्षभन्दा कम अवधिको आन्तरिक ऋणको ब्याजदर पनि उच्च नभएको फिचले ठहर्याएको छ । बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सका कारण तरलता बढेकाले आन्तरिक ऋाको ब्याजदर कम भएको रिपोर्टमा उल्लेख छ ।
निजी क्षेत्रमा ऋण गार्हस्थ्य उत्पादनको ८६ प्रतिशत पुगेको छ भने बैंकमा निक्षेप रकम १०६ प्रतिशतसम्म पुगेको छ । साथै विदेशी मुद्दा सञ्चिति १३ अर्ब अमेरिकी डलर पुगेको छ ।
अस्थिर सरकारका कारण अर्थतन्त्रमा दीर्घकालीन सुधार हुन नसकेको, केन्द्रीय बैंकको सञ्चालनमा प्रभाव परेको फिचले उल्लेख छ । सरकारको सार्वजनिक वित्त व्यवस्थापन कमजोर र बजेट विनियोजन प्रभावकारी नभएको बताइएको छ । राजनीतिक अस्थिरताले विकास परियोजना कार्यान्वयन प्रभावकारी नहुँदा मध्यमकालीन आर्थिक वृद्धिको परिदृष्य कमजोर रहेको औंल्याइएको छ ।
स्थिर आर्थिक वृद्धि र सार्वजनिक ऋण निरन्तर भुक्तानी हुनु नेपालका लागि सकारात्मक पक्ष रहेको फिचको ठहर छ ।