CLI

बैंक तथा वित्तीय संस्थाले आवास कर्जा २८ अर्ब ६१ करोडले वृद्धि गरे

काठमाडौं ।पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आवास कर्जामा वृद्धि गरेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट अर्थिक वर्ष २०८२\८३ पाहेलो महिनासम्मा आवास कर्जास्वरुप  ४ खर्ब २३ अर्ब वितरण गरेको छ । नेपाल राष्ट्र बैंक अनुसार यो रकम अघल्लो आवाको तुलनमा  ७.२४ प्रतिशत बढी हो  अर्थात २८ अर्ब ६१ करोड ७० लाख हो  । अघल्लो आवामा ३ खर्ब ९५ अर्ब २३ करोड ७० लाख  आवास कर्जा वितरण गरेको थियो ।

२ करोडसम्मको आवास कर्जा प्रावधान र घट्दो ब्याजदरका कारण धेरै नागरिकले सहजै कर्जा लिएर घर बनाउने सपना पुरा गर्न थालेका छन्। घर निर्माणका लागि बैंकहरूले आकर्षक योजना ल्याउँदा  कर्जा प्रवाह  बढाइरहेका छन्।

वाणिज्य बैंकले अर्थिक वर्ष २०८२\८३ पाहेलो महिना सम्मा आवास कर्जास्वरुप  ३ खर्ब ३७ अर्ब ९३ करोड ४० लाख वितरण गरेको छ । जुन अघल्लो आवाको तुलनमा  ७ प्रतिशत बढी हो  अर्थात २१ अर्ब ६० करोड हो । अघल्लो आवामा वाणिज्य बैंकले ३ खर्ब १६ अर्ब ३७ करोड ४० लाख आवास कर्जा वितरण गरेको थियो ।

अर्थिक वर्ष  २०८२\८३को  पाहेलो महिनासम्मा विकास बैंकले आवास कर्जास्वरुप  ७० अर्ब ९३ करोड २० लाख वितरण गरेको छ । जुन अघल्लो आवो को तुलनमा ८.८ प्रतिशत बढि हो अर्थात ५ अर्ब ३० कारोड २० लाख ।  अघल्लो आवामा विकास बैंकले ६५ अर्ब ६३ करोड आवास कर्जा वितरण गरेको थियो।

वित्त कम्पनीहरुले  आवास कर्जास्वरुप  १४ अर्ब ९८ करोड ८० लाख वितरण गरेको छ । जुन अघल्लो आवाको तुलनमा १३.२६ प्रतिशत बढी हो अर्थात १ अर्ब ७५ करोड ५० लख हो  । अघल्लो आवा मा विकास बैंकले १३ अर्ब २३ करोड ३० लाख आवास कर्जा वितरण गरेको थियो।बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको कारणले गर्दा आवास कर्जा बढेको वित्तीय क्षेत्रका जानकारहरु बताउछन् । ब्याजदर घटेको कारण घर बनाउनेको संख्या सामान्य रुपमा बढ्दा कर्जा प्रवाह बढेको उनीहरुको भनाई छ ।

 

Leave Your Comment

Related News