CLI

साढे ३० खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब पुगेको र यसले १७.४ महिनाको आयात धान्न पर्याप्त हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै आर्थिक वर्ष २०८२र८३ को चार महिनामा  कुल विदेशी विनिमय सञ्चिति  रु.३० खर्ब  ५५ अर्ब ५२ करोड पुगेको छ ।

२०८२ असार मसान्तमा रु.२६ खर्ब  ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिक मसान्तमा रु.३० खर्ब  ५५ अर्ब ५२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा

मसान्तमा रु.२४ खर्ब  १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२.८ प्रतिशतले वृद्धि भई रु. २७ खर्ब  २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५.८ प्रतिशतले वृद्धि भई रु.३ खर्ब  ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२ / ८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Leave Your Comment

Related News