CLI

१० वर्षमा झण्डै ६ गुणाले बढ्यो सार्वजनिक ऋण

काठमाडौं । पछिल्लो एक दशकमा सार्वजनिक ऋण झन्डै ६ गुणाले बढेको छ । दशकको सुरुवाती समयमा ५ खर्ब ४४ अर्ब ९१ करोड रहेको सार्वजनिक त्यसको मध्यतिर दोब्बार हालसम्म आइपुग्दा झन्डै ६ गुणाले बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को असारमसान्तसम्म आइपुग्दा नेपाल सरकारको कुल सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड पुगेको छ ।

कुल ऋण दायित्वमा आन्तरिक ऋण १२ खर्ब ६३ अर्ब ६ करोड आन्तरिक ऋण र वैदेशिक ऋण १४ खर्ब ५ अर्ब ८२ करोड रहेको छ । कुल गार्हस्थ उत्पादनको तुलनामा सार्वजनिक ऋण दायित्व ४३.७९ प्रतिशत पुगेको छ । यसमा वैदेशिक ऋणको अनुपाति २३.२ प्रतिशत तथा आन्तरिक ऋणको अनुपात २०.७७ प्रतिशत रहेको छ ।

यसैबीच सरकारले चालू आवमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको छ महिनामा २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३६.०२ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक ऋण १ खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ र बाह्य ऋण ३ अर्ब ८९ करोड रुपैयाँ प्राप्ति रहेको छ । बाँकी छ महिनाको अवधिमा ३ खर्ब ८१ अर्ब १० करोड रुपैयाँ ऋण प्राप्त गर्नुपर्ने छ । जसमा आन्तरिक ऋण १ खर्ब ८४ अर्ब ३३ करोड रुपैयाँ र बाह्य ऋण १ खर्ब ९६ अर्ब ७७ करोड रुपैयाँ प्राप्त गर्न बाँकी रहेको छ ।

कुल गार्हस्थ उत्पादनमा सार्वजनिक ऋणको अनुपात आर्थिक वर्ष २०७५÷७६ बाट तिब्र रूपमा वृद्धि हुदै गएकोमा यस आर्थिक वर्षमा न्यून मात्राले बढको छ । आर्थिक वर्ष २०७२÷७३ मा कुल गार्हस्थ उत्पादनको २७.९२ प्रतिशत रहेको कुल ऋण दायित्व आर्थिक वर्ष २०७५÷७६ मा ३०.२६ प्रतिशत हुदै निरन्तर वृद्धिसहित आर्थिक वर्ष २०७९/८० मा ४२.७७ प्रतिशत पुगेकोमा आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म केही घटेर ४२.७४ प्रतिशत कायम रहेकोमा यस आर्थिक वर्षमा ४३.७९ प्रतिशत पुगेकोछ । यसरी कुल सार्वजनिक ऋणको बढोत्तरी हुनुमा २०७२ सालमा गएको महाभूकम्प र सो पछिको पुननिर्माण, कोभिड १९ महामारी र संघीयता कार्यान्वयन गर्दा खर्चमा भएको बढोत्तरी लगायत विकास निर्माणमा थप स्रोत परिचालन हुनु आदि मुख्य कारण रहेका छन् ।

यसले के देखाउछ भने सार्वजनिक ऋणको आवश्यकता हुँदा यसको आकार समेत बढ्दै गएको कार्यालयका अधिकारीहरु बताउछन् । आव २०७१ मा ५ खर्ब ४४ अर्ब ९१ करोड रहेको सार्वजनिक ऋण २०७२ मा ६ खर्ब २७ अर्ब ७८ करोड र २०७३ मा ६ खर्ब ९७ अर्ब ६८ करोड पुगेको हो । निर्वाचनको वर्ष २०७४ मा ९ खर्ब १७ अर्ब ३१ करोड पुगेको छ । त्यसपछि निरन्तर बढेको सार्वजनिक ऋण २०८० मा आइपुग्दा करिब ५ गुणाले बढेको पाउछौं । २०८०/८१ मा कुल सार्वजनिक ऋण दायित्व २४ खर्ब ३४ अर्ब ९ करोड पुगेको थियो ।

यसैबीच सरकारले फागुन २१ को लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ भने उक्त निर्वाचनमा समेत ऋण परिचालन हुने निश्चित छ । चालू आवमा पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको छ महिनामा दुई खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ३६ दशमलव ०२ प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक ऋण एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ र बाह्य ऋण ३६ अर्ब ८९ करोड रुपैयाँ प्राप्ति रहेको छ । बाँकी छ महिनाको अवधिमा तीन खर्ब ८१ अर्ब १० करोड रुपैयाँ ऋण प्राप्त गर्नुपर्ने छ । जसमा आन्तरिक ऋण एक खर्ब ८४ अर्ब ३३ करोड रुपैयाँ र बाह्य ऋण एक खर्ब ९६ अर्ब ७७ करोड रुपैयाँ प्राप्त गर्न बाँकी रहेको छ ।

नेपालले विदेशी ऋण अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङमा ऋण लिने गरेको छ । तिर्दा पनि विदेशी मुद्रा दिनुपर्छ । नेपाली मुद्रा निरन्तर अवमूल्यन हुने भएकाले ऋण लिँदाभन्दा तिर्दा धेरै बजेट छुट्याउनुपर्छ । विनिमय दरमा देखिएको उतार–चढावका कारण मात्रै गत आर्थिक वर्षमा ६५ अर्ब ५४ करोड विनिमय घाटा रहेको थियो । विनिमय दर परिवर्तनका कारण आर्थिक वर्ष २०७९÷८० मा ५९ अर्ब १५ करोड विनिमय दरको नोक्सानी भएकोमा आर्थिक वर्ष २०८०÷८१ मा भने ४ अर्ब २३ करोड विनिमय दरको नाफा भएको थियो ।

नेपाल सरकारको हालको वैदेशिक ऋण दायित्व विभिन्न दश वटा मुद्रामा रहेको छ । यी मुद्राको विनिमय दरमा हुने परिवर्तनबाट वैदेशिक ऋण दायित्वमा पनि घटबढ हुने गरेको छ । यस्ता घटबढबाट भएको असरलाई विनिमय नाफा घाटाको रुपमा लेखाङ्कन गर्ने गरिएको छ । नेपालको विभिन्न १७ वटा निकायसँग १० वटा मुद्रामा वैदेशिक ऋण दायित्व बाँकी रहेको छ । सो मध्ये सबैभन्दा बढी एसडीआरमा ७२.६३ प्रतिशत र युएसडीमा १९.५३ प्रतिशत ऋण दायित्व रहेको छ । त्यस्तै, जापानी ऐन ४.१ प्रतिशत र चिनीया युआन २.४२ प्रतिशत रहेको छ ।

मध्यमकालीन ऋण व्यवस्थापन रणनीति ( २०८१÷२०८२ २०८३÷८४) ले नेपाल सरकारको ऋण व्यवस्थापन सम्बन्धी उद्देश्य र मापदण्डको रुपरेखा प्रस्तुत गरेको छ । ऋण पोर्टफोलियो , लागत विनिमय जोखिमदरको मूल्यांकन गरी न्यूनतम लागत र विवेकपूर्ण जोखिम वहन एवं समिष्टिगत वित्त संरचनाको अनुकूल हुने गरी ऋण भुक्तानी दायित्व निर्वाह गर्दै नेपाल सरकारको वित्तीय स्रोतको आवश्यकता परिपूर्ति गर्नुनै यस रणनीतिको प्रमुख उद्देश्य हो । तसर्थ यस रणनीतिले सहुलियतपूर्ण वित्तीय स्रोतको परिचालनलाई प्राथमिकता दिई नपुग भएको वित्तीय अन्तरलाई आन्तरिक ऋणबाट परिपूर्ति गर्ने नीति लिएको छ । सहुलियतपूर्ण वित्तीय स्रोतको रुपमा विभिन्न बहुपक्षीय तथा द्विपक्षीय निकायसँग ऋण परिचालन गर्ने तथा आन्तरिक ऋणमा ट्रेजरी बिल, मध्यमकालीन र दीर्घकालीन अवधिमा परिपक्व हुने ऋणका उपकरणहरु प्रयोग गरिएको छ ।

साँवा र व्याजको भुक्तानी
आर्थिक वर्ष २०८१÷८२ मा साँवा र व्याज गरी कुल ३ खर्ब ६१ अर्ब ६४ करोड भुक्तानी भएको छ । कुल भुक्तानी मध्ये साँवा भुक्तानीमा ८०.५२ प्रतिशत अर्थात २ खर्ब ९१ अर्ब १९ करोड र व्याज भुक्तानीमा १९.४८ प्रतिशत अर्थात ७० अर्ब ४४ करोड खर्च भएको छ । सो मध्ये आन्तरिक ऋणको साँवा भुक्तानी २ खर्ब ४३ अर्ब ५१ करोड भएको छ भने वैदेशिक ऋण तर्फ ४७ अर्ब २८ करोड भुक्तानी भएको छ । कुल व्याज भुक्तानी मध्ये आन्तरिक ऋणको व्याज भुक्तानी ६० अर्ब २७ करोड र वैदेशिक ऋणको व्याज भुक्तानी १० अर्ब १६ करोड रहेको छ । ऋणको साँवा व्याज भुक्तानीमा कुल विनियोजनको आधारमा ऋण सेवा खर्च ८९.७७ प्रतिशत रहेको छ ।
चालु आवमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजना भएकोमा पुसमसान्तसम्म १ खर्ब ८७ अर्ब १२ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५.५३ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा पुसमसान्तसम्मा कुल ऋण सेवा खर्च ३.०६ प्रतिशत रहेको छ ।

 

Leave Your Comment

Related News