राष्ट्र बैंकद्धारा पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई एकीकृत निर्देशन २०८० जारी गरेको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको एकीकृत निर्देशनमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ को बुदाँहरु समावेश गरिएको छ । जसमा ‘ चालूपुँजी कर्जा सम्वन्धी मार्गदर्शन, २०७९ ‘ लागु हुनु्पूर्व प्रदान गरिएका चालुपूँजी प्रकृतिका कर्जालाई मार्गदशर्नको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपनर्छ । तर ‘चालु पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९’ को बुँदा नम्बर ७ मा भएको ‘भेरियन्स ’ सम्वन्धी व्यवस्था २०८२ साउन १ गते देखि मात्र लागु गर्न निर्देशन दिएको छ । साथै चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई मंसिरमसान्तसम्म कालोसूचीमा समावेश गरिने छैन । मुलुकमा एउटा मात्र पूर्वाधार विकास बैंक रहेको छ ।

‘भेरियन्स’ मा गरेको व्यवस्था यस्ता छन् :-
ऋणीले पेश गरेका अनुमानित वित्तीय विवरण यथार्थपरक रहे नरहेको सम्बन्धमा विस्तृत विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालू पुँजी कर्जा सीमा स्वीकृत गर्नुपर्दछ ।
अनुमानित वित्तीय विवरण वार्षिक रुपमा लिई विश्लेषण गर्नुपर्दछ । एकपटक विश्लेषण गरी कर्जा स्वीकृत भई सकेपश्चात लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त नभएसम्म पुनः अर्को अनुमानित वित्तीय विवरणको आधारमा कर्जा सीमा पुनरावलोकन गर्न पाइने छैन ।
लेखापरीक्षण भएको वित्तीय विवरण र कर चुक्ता विवरण एक आपसमा मेल खाए नखाएको यकीन तथा अनुमानित वित्तीय विवरण यथार्थपरक भए नभएको सम्बन्धमा विश्लेषण गरी कर्जा फाइलमा अद्यावधिक गर्नुपर्दछ ।

लेखापरीक्षण भएको वित्तीय विवरण र कर चुक्ता विवरण एक आपसमा मेल खाए नखाएको यकीन तथा अनुमानित वित्तीय विवरण यथार्थपरक भए नभएको सम्बन्धमा विश्लेषण गरी कर्जा फाइलमा अद्यावधिक गर्नुपर्दछ ।
लेखापरीक्षण भएको यथार्थ वित्तीय विवरण प्राप्त भएपश्चात सो विवरण सोही अवधिको अनुमानित विवरणसँग भिडाई ‘भेरियन्स एनलाइसीसी’ गर्नुपर्दछ ।
ऋणीको चालू पुँजी कर्जा नवीकरण तथा चालू पुँजी प्रयोजनको आवधिक कर्जा पुनरावलोकन गर्दा उपबुँदा ७४ अनुसार गरिएको ख्बचष्बलअभ ब्लबथिकष्क लाई आधार लिई कर्जा सीमा समायोजन गरेर मात्र कर्जा नवीकरण तथा पुनरावलोकन गर्नुपर्दछ ।
उपबुँदा ७४ अनुसार गरिएको ‘भेरियन्स एनलाइसीसी’ मा ऋणीको यथार्थ कारोबार रकम अनुमानित कारोबारभन्दा २० प्रतिशतभन्दा बढीले कम भएको पाइएमा ग्राहकको चालू पुँजी कर्जाको सीमा देहायबमोजिम समायोजन गर्नुपर्दछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार