नाफा भन्दा पनि बीमा बजार विस्तारमा केन्द्रित छौं: शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे

गत आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँको व्यावसाय गरेका छन्। निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्यारेन्सले ५ अर्ब ४७ करोड ३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। नेपालको कुल निर्जीवन बीमा मध्ये शिखरको बजार हिस्सा १३ प्रतिशतभन्दा माथि रहेको छ। व्यावसायको आधारमा शिखर इन्स्यारेन्स निर्जीवन कम्पनीमध्ये शीर्ष स्थानमा छ। कम्पनीका सीईओ दीपप्रकाश पाण्डे अनुसार कम्पनी निर्जीवन बीमा व्यवसायमा अभिभावकत्वको भूमिका निर्वाह गरिरहेको बताउँछन्। कम्पनीले नाफा भन्दा पनि बीमाको दायरा बढाउने लक्ष्यका साथ कम गरिरहेको उनको दाबी छ। सीईओ पाण्डेसँग ईक्विटीनेपालका निर्दोष घोरसाइनेले गरेको कुराकानीको सम्पादीत अंश:

सञ्चालनमा रहेका १४ निर्जीवन कम्पनीको तुलनामा बीमा शुल्क संकलनको आधारमा शिखर इन्स्योरेन्स अग्र स्थानमा छ। यसको राज के हो?

हामी आफैले आफैलाई नम्बर वान भन्देनौं। तर अभिभावकत्व लिएर अघि बढी रहेको लिडिङ निर्जीवन कम्पनीका रुपमा रहेका छौं। बीमा बजार विस्तार गर्ने लक्ष्य लिएर अघि बढी रहेका छौं। बजार यही भएकाले बीमाको दायर बढाउनु पर्छ भन्ने लक्ष्यका साथ अघि बढि रहेका छौं। बीमाको दायरा बढाउन दुरदराजका गाउँ–गाउँमा सेवा विस्तार गरिरहेका छौं। अब चार/पाँच वटा जिल्लामा मात्र पुग्न बाँकी छ। कृषि, लघु बीमा, सानो घर सबै क्षेत्रमा पुगिसकेका छौं। सेवा विस्तार र सबै क्षेत्रलाई समेट्दा हाम्रो लागत थेरै छ। त्यसैले हाम्रो नाफा कम भएको हो। नाफा बढाउन समस्या हैन। तर यसका लागि शाखा कार्यालय घटाएर खर्च कटौती गर्ने हो भने स्वभाविक रुपमा नाफा बढ्छ। तर नाफालाई भन्दा पनि हामीले सेवालाई प्राथमिकतामा राखेर अघि बढेका छौं। तर दुरदराजमा जान धेरै खर्च लाग्छ। त्यसले गर्दा हाम्रो ध्यान बजार विस्तारमै केन्द्रित हो। बजार बढेसँगै स्वाभाविक रुपमा नाफा पनि बढ्दै जान्छ भन्ने हाम्रो बुझाइ छ। राजको कुरा गर्दा बीमाको मुल मन्त्र भनेको ग्राहकको विश्वास जित्नु हो। दु:खको समयमा बीमा गरेको रकम पाउँछौं भन्ने भरोसा सिर्जना गर्नु हो। म धेरै जोखिमसँग सम्ब्िरन्धत छु। उक्त जोखिममा केही घाटा भयो भने बीमाले राहात दिन्छ भन्ने आत्मविश्वास प्रदान गर्न सकियो भने बजार आफै बढ्ने गर्छ। त्यो आत्मविश्वास उत्पन्न गर्ने भनेको दाबी भुक्तानी गरेर हो। हामीले समयमै दाबी भुक्तानी दिइरहेका छौं।

तपाई आफैले भन्नु भयो कि कम्पनीको नाफा तुलनात्मक रुपमा कम छ। बीमा कम्पनीहरुले आफ्नो आम्दानी अन्य क्षेत्रमा लगानी गरेर नाफा बढाउन पाउँछन्। यस्तोमा लगानीलाई विविधिकरण गर्न के गरिराख्नु भएको छ?

लगानी विधिकरणका सम्बन्धमा पनि सम्भवत हामी नै बजारमा लिड गरिरहेका छौं। कृति भेञ्चर, पोर्टफोलियो म्यानेजमेन्ट कम्पनी, माछापुच्छ्रे क्यापिटलमा शेयर लगानी छ। यस्तै ५ वटा हाइड्रोपावर, कृषि कम्पनी, कृषि भण्डार, चराहरुको थ्री एफ (फिड, फुड र फर्म)मा लगानी गरेका छौं। मोटर ग्यारेज लगायतमा लगानी गरेर विविधिकरण गरिरहेका छौं। साथै लगानीका नयाँ क्षेत्रहरु अध्ययन गर्दैछौं।

बीमा कम्पनीहरुले आफ्नो लगानीको कुल १.५ प्रतिशत मात्र प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमा लगानी गर्न सक्छन्। उक्त रकम पर्याप्त हुन्छ?

प्राइभेट इक्विटी भेञ्चर क्यापिटल नेपालका लागि नयाँ क्षेत्र हो। यसमा हामी सिक्ने क्रममै छौं। यसमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त भयो भने थप लगानी गर्ने हो। हाल बजार शिथिल छ। पीईभीसीमा लगानी गर्ने भनेको लामो अवधिका परियोजनामा हो। यसको नतिजा आउन समय लाग्छ। अहिलेलाई १.५ प्रतिशतको लगानी सीमा पनि कसरी जान्छ भन्ने नै हो। यस सम्बन्धमा अहिले थप टिप्पणी गर्नु अलि हतार नै हुन्छ।

कृषि बीमाको अवस्था कस्तो छ?

कृषि बीमा धेरै फाइदाजन व्यवसाय हैन। यो लागत उन्मुख व्यावसाय हैन। बीमा भनेको प्रिमियम र दाबीको समायोजन हो। गत वर्ष केराको दर बढाइएको छ। केरा बीमा घाटा भएकाले बीमा दर बढाइएको हो। कृषि बीमा हामी सिक्ने क्रममै छौं। कृषि बीमा शुरु भएको करिब १० वर्ष पुग्न लाग्दैछ। घाटा अनुपात कति हो मूल्य कसरी गर्ने भन्ने सन्दर्भमा विदेशको अनुभवलाई नेपालमा सोही ठिक हुन छ होल भनेर प्रयोग गरिरहेका छौं। घाटा अनुपात कम हुने प्रोडक्टमा दर घटाउनु पर्ने र घाटा अनुपात बढी हुनेमा दर बढाउनु पर्ने अवस्था छ। कृषि बीमाको प्रमुख फाइदा भनेको यसमा दाबी पर्छ। यसबाट उपयोक्ताले बीमाको महत्त्व बुझ्नु हुन्छ। हामी बीमाको बजार विस्तार गर्ने अभिप्रायका साथ अघि बढेका छौं। कृषि बीमा परेको दाबीको सहज भुक्तानी हुँदा अन्य बीमा प्रोडक्टको बिक्री बढाउन मद्दत गर्छ। बीमाको सचेतना पढेर भन्दा पनि परेर बढ्छ।

कृषि बीमा सरकारले आफ्नो दायित्वमा पर्ने प्रिमियम रकम समयमा उपलब्ध नगराउँदा तपाईहरुले बीमा नै बन्द गर्नु भयो। यसबाट बीमा प्रतिको सकारात्मक सोच कसरी विकास हुन सक्छ?

हामीले आफ्नो कर्तव्य पुरा गरिरहेका छौं। रोकेर पनि पैसा आएको अनुभव पनि छ। हेर्दौ जाउँ कसरी विकास हुन्छ। पैसा आएन भने अवश्यक रोक्नु पर्छ। कृषि बीमालाई थप प्रभावकारी बढाउन हालको मोडालिटी पनि परिवर्तन गर्नु पर्ने हुन सक्छ। प्रिमियम रकम सिँधै किसानसँग, स्थानीय वा प्रदेश सरकारसँग लिन सकिन्छ। मोडालिटी परिवर्तन गरेर ल्याउन सकिने आधारहरु हुन सक्छन्।

शिखर इन्स्यारेन्सको लक्षित बजार के हो?

आजको दिनमा यो क्षेत्र मात्र गर्छु भनेर सकिँदैन। हामी सबै सेक्टरमा लिडिङ हुन चहान्छौं। मोटर, सम्पत्ति, स्वास्थ्य, सबैमा अग्र हुन खोजिरहेका छौं। हाम्रो बजार शेयर नै १४ प्रतिशत भएकाले धेरै क्षेत्रमा हामी नै लिडिङमै छौं।

विगत केहि वर्षदेखि बहुतले र ठूला घरहरु बन्ने क्रम बढेका छन्। यस्तो अवस्था घर बीमाको दायरा बढेको छ?

पक्कै पनि छैन। बैंकको ऋणबाट निर्माण भएका भवनहरु अनिवार्य रुपमा बीमाको दायरामा आएका छन्। बीमको क्रयशक्ति कम हुँदा घर बीमाको दायरा बढ्न सकेको छैन। बीमा बजार प्रचारप्रसार, जागरुकताको अभावका कारण नबढेको भनिन्छ। तर यो पूर्ण सत्य हैन। बीमा गर्न आवश्यक रकम नभएर बजार बढ्न नसकेको हो। मानिसले आजको आवश्यकता हेर्छ बीमा भनेको भोलिका लागि हो। आजको आवश्यकता पूर्ति गर्न धाउधाउ छ भने भोलिका लागि किन सोच्ने भनेर बीमा कम गरिएका हुन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार