नबिल र इन्भेस्टमेन्ट बैङ्कलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ : सन् १९८० को दशकबाट प्रारम्भ भएको उदारीकरणको प्रभाव स्वरूप लामो समयदेखिको नेपालको बैंकिङ   क्षेत्रका एकाधिकारी सरकारी बैंकहरुको प्रतिस्पर्धा गर्ने निजी क्षेत्रलाई अनुमति दिएपछि सुरुवातमा खुलेका हालका नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले उक्त समयदेखि हालसम्म खुलेका बैंकहरु मध्ये आफूलाई अग्रणी संस्थाका रूपमा अघि बढाउदै आइरहेका कुरा हालै प्रकाशित तेस्रो त्रैमासको प्रतिवेदनले पनि […]

ब्याज खर्च वृद्धिको मारमा वाणिज्य बैंक , ब्याजबाट ६१ प्रतिशत आम्दानी बढ्दा ब्याज खर्च ९६ प्रतिशतले वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन आउने क्रम जारी छ।  आज सम्म १३ वटा वाणिज्य बैंकहरुले वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेका छन् । धेरै वाणिज्य बैंकहरुले खुद नाफामा वृद्धि गरेतापनि उनीहरूले त्यो अनुसार प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् जसको मुख्य कारण भनेको नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि योजना हो । औसतमा ब्याज […]

पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा प्राविधिक तथा सदस्य दलालबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न

इक्विटी नेपाल – काठमाडौँ : आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडले निकट भविष्यमा कार्यान्वयनमा ल्याउन लागेको इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीका बारेमा प्रणाली निर्माणमा संलग्न प्राविधिक तथा सदस्य दलालबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ।  नेप्सेले उक्त प्रणाली निर्माणका लागि सम्झौता गरेको वाईको इन्टरनेसनलको प्राविधिक टोलीका सदस्य विजय गुरलन, प्रदिप पाम्पडी र […]

ठुला लगानीकर्ताको हालीमुहालीबाट बाहिर जाँदै शेयर बजार

इक्विटी नेपाल – काठमाडौँ : केही वर्ष अघिको परिस्थितिमा नेपालको पूँजी बजारको आकार सानो थियो। नेप्सेमा निकै थोरै कम्पनीहरू कारोबार हुने गर्थे । कम्पनीहरुपनि पूँजीको हिसाबमा साना नै थिए। बजारमा शेयरको आपूर्ति निकै थोरै थियो। दोस्रो बजारका त परै जावोस प्राथमिक बजार (आइपिओ )मा समेत लगानीकर्ताको उपस्थिति निकै न्यून थियो । त्यो समय हातमा गन्न […]

वैशाख १२ बाट नेपाल सेवा लघुवित्तको आइपिओ खुल्दै

इक्विटी नेपाल – काठमाडौँ : नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख १२ गतेबाट सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आइपिओ निष्कासन गर्ने भएको छ। जस मध्ये २% ले हुन आउने ३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ९००० कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ […]

युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गर्यो २४० प्रतिशत हकप्रद

इक्विटी नेपाल – काठमाडौँ : युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले पूँजी वृद्धिका लागि १ : २ दशमलव ४ अनुपातमा (२४० प्रतिशत) हकप्रद शेयर निष्कासन गर्ने निर्णय आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको छ।  बिमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब पुर्‍याउन हाल कायम चुक्ता पूँजी ३० करोड २४ लाखको २४० प्रतिशत हकप्रद शेयर जारी […]

पूँजी बजारमा प्रविधिको नयाँ आयाम : इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात

इक्विटी नेपाल – काठमाडौँ : नयाँ वर्ष २०७५को सुरुवातसँगै नेपाली पूँजी बजारमा पनि नयाँ प्रयोगको सुरुवात भएको छ। आजबाट लगानीकर्ताले इन्टरनेट मार्फत सेयर खरिदबिक्री आदेश दिने प्रणालीको सुरुवात भएको छ।  आज ब्रोकर नम्बर ५० क्रिष्टल कञ्चनजंगा सेक्युरिटिज प्रा लिले एक कार्यक्रमका बिच धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीबाट इन्टरनेटको माध्यमबाट सेयर खरिद बिक्रीको आदेश […]

शेयर खरिद बिक्री गर्ने लगानीकर्तालाई सजिलो : इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सकिने

इक्विटी नेपाल – काठमाडौँ : नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले शेयर ब्रोकरलाई इन्टरनेट मार्फत शेयर खरिद बिक्री आदेश दिने सक्ने व्यवस्था यही वैशाख २ ,२०७५ बाट कार्यान्वयनमा ल्याउन शेयर ब्रोकरलाई परिपत्र गरेको छ। यो प्रणाली कार्यान्वयनमा आयसँगै शेयर खरिद बिक्रीलगानीकर्तालाई ब्रोकर अफिसमा उपस्थित हुनु पर्ने दिनको अन्त्य हुने छ।  हाल शेयर ब्रोकरहरुले चलाइरहेको ब्याक अफिस प्रणालीमा […]

सिटिजन्स बैंकले एफपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड समक्ष निवेदन

इक्विटी नेपाल – काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफपीओ निस्काशन गर्न धितोपत्र बोर्डमा स्वीकृतका लागि निवेदन दिएको छ।  बैंकले चुक्ता पूँजी मा संस्थापक र सर्वसाधारणको अनुपातलाई ५१:४९ कायम गर्न एफपीओ निस्काशन गर्न लागेको हो। बैंकले प्रति कित्ता एक सय रुपैयामा प्रिमियम थप गरि ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ निस्काशन गर्न […]

नबिल ब्यालेन्स फण्ड १ योजना अवधि समाप्ति संगै कारोबार बन्द

इक्विटी नेपाल – काठमाडौँ : नबिल ब्यालेन्स फण्ड १ को योजना अवधि समाप्त भएसँगै नेप्सेमा उक्त योजनाका इकाईहरुको कारोबार आज (चैत्र ३०,२०७५) बाट बन्द भएको नेप्सेले सूचना मार्फत जनाएको छ।  नबिल इन्भेस्टमेन्ट बैंकिंग  लिमिटेडले पाँच वर्षअघि ७५ करोड रुपैयाँको सामूहिक लगानीकोष योजनाका रूपमा सुरुगरेको नबिल ब्यालेन्स फण्ड १ ले यस अवधिमा आफ्ना ईकाईधनीलाई विगत ४ […]