CLI
Global College

स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

काठमाडौं ।स्ट्यान्डर्ड चार्टर बैंकले अघिल्लो वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको मंगलबार बसेको ३८ औं साधारण सभाको बैंठकले २५.५ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत बोनश शेयर  दिने घोषणा गरेको हो। बैंकको चुक्ता पुँजी १० अर्ब ४ करोड २३ लाख रहेको छ ।

यो लाभांश राष्ट्र बैंक तथा साधारणसभाबाट स्वीकृत भएपछि शेयर लगानीकर्तालाई वितरण गर्ने बैंकले बताएको छ । बैंकले गत आर्थिक वर्ष १९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस आर्थिक वर्षमा बैंकको इक्विटीमा प्रतिफल १९ प्रतिशत र प्रति सेयर आम्दानी ३४.७ रुपैयाँ रहेको छ, जुन हालसम्मकै उच्च हो ।

बैंकमा स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत शेयर स्वामित्व रहेको छ।

Leave Your Comment

Related News