अशक्त र गरिबले काठमाडौँ महानगरपालिका भित्र निःशुल्क उपचार पाउने
काठमाडौं । काठमाडौँ महानगरपालिका (कामपा) ले लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी सूचना जारी गरेको छ । कामपाले जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । कामपाले आज सूचना जारी गर्दै लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो […]

