क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सम्पन्न भएको छ। सभामा कम्पनीका शेयरधनी, संचालक समिति सदस्यहरू, नियामक निकायका प्रतिनिधिहरू तथा विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य दिंदै कम्पनीको हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे संक्षिप्त […]