Police Report feature integrated into Ncell App

Ncell has added yet another new feature to its customer self-service platform—Ncell App. Customers can now easily apply for the Police Clearance Certificate/Police Clearance Report, commonly known as the Police Report, via this app, enabling them to access an important public service digitally. In line with the company’s commitment to Sadhain ON and enhancing customer […]

एनसेल एपमा अब पुलिस रिपोर्टको सुविधा

काठमाडौं । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकालाई ध्यानमा राखि अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब यो एप मार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन् । यो सुविधाले अब एक महत्त्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ । सधैं अन प्रति कम्पनीको प्रतिबद्धता […]

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार […]

नेप्से २७२७ विन्दुमा झर्यो, साढे ९ अर्बमा सीमित कारोबार रकम

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३५ अंकले घटेर ४८६.३६ विन्दुमा पुगेर बन्द भएको हो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम ३ अर्ब २७ करोड ४१ लाख ७५ […]

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

काठमाडौं । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष […]

दुई वर्ष निजी काम छाडेर इञ्जिनियरहरुको हकहितमा लाग्छु : सुवासचन्द्र बराल

काठमाडौं । नेपाल इञ्जिनियर एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उम्मेदवार सुवासचन्द्र बरालले २ वर्ष आफ्नो काम छाडेर भए पनि इञ्जिनियरहरुको हक हितमा दिलोज्यानले लाग्ने प्रतिबद्धता जाहेर गरेका छन् । बुटवलमा लुम्बिनी प्रदेशका इञ्जिनियरहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूसँग साढे २ दशकको कार्य अनुभव रहेको र दुई दशकदेखि एसोसिएसनका हरेक गतिविधिमा संल्गन रहेकाले पनि इञ्जिनियरहरुका […]

हरितालिका (तीज): पशुपति क्षेत्रमा तयारी पूरा

काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं नि:शुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । तीजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने […]

नेपाल एसबिआई बैंकको सीईओमा, पुन: दीपक कुमार दे नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुन : दीपक कुमार दे नियुक्त भएका छन् । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई पुन सिईओमा नियुक्त गरेको हो । उनको  पहिलो कार्यकाल भदौ ३१ पुरा हुँदैछ ।उनलाई सञ्चालक समितिले  असोज १ देखि लागु हुने गरी सीईओमा नियुक्त गरेको हो । उनको नयाँ […]

नेपाली सेनाले बिदाई गर्यो प्रधानसेनापति शर्मालाई

काठमाडौं । यही भदौ २४ बाट अनिबार्य अबकासमा जान लागेका नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको सम्मानमा बुधबार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।  उनी  करिब ४२ वर्ष अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् । बिदाई भोजमा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको […]

तिजको सम्मुखमा सुनको मूल्य स्थिर

काठमाडौं । सुनको मूल्य तीनदेखि लगातार स्थिर छ । गत सोमबारदेखि नै छापावाला सुनको मूल्यमा कुनै घटबढ भएको छैन । गत सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ कायम भएको थियो । त्यसपछि आजसम्म लगातार सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा […]