सहकारी छानबिन समितिले सोधपुछका लागि रवि लामिछानेलाई बोलायो

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । लामिछानेलाई भोलि शुक्रबार दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि बोलाइएको छ ।समितिले सहकारी सञ्चालक, सरोकारावालाहरु सँग छलफल जारी राख्दै […]

बिहीबार २५ करोड ४३ लाखले बढ्यो सेयर कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

सबैभन्दा बढी लगानी रहेको निर्जीवन कम्पनी सिद्धार्थ र राष्ट्रिय बीमाको के केमा छ लगानी ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीहरुको लगानी सबैभन्दा बढी रहेको छ । कम्पनीमा रहेको लगानी योग्य रकमलाई प्रतिफलयुक्त बनाउने क्रममा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स र राष्ट्रिय बीमा कम्पनीले सरकारी तथा निजी  कोषमा १६ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गरेका छन् । कम्पनीका अनुसार गत आर्थिक वर्षमा सिद्धार्थले ८ अर्ब […]

करिब तीन गुणाले बढ्यो विद्युतीय सवारी साधनको आयात

काठमाडौं ।  पछिल्लो वर्षहरुमा विद्युतीय सवारी साधनको आयात उच्च रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ वटा निजी विद्युतीय सवारी साधन  (कार, जीप, माइक्रोबस लगायत)   भित्रिएका छन् । यो अघिल्लो वर्षका तुलनामा झन्डै ३ गुणा हो । अघिल्लो आव २०७९/८० मा ४ हजार ५० ओटा विद्युतीय सवारी साधन  भित्रिएका थिए । […]

१३ अर्ब नाफा कमाएको प्राधिकरणको आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा कति छ लगानी ?

काठमाडौं । गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड नाफा कमाएका नेपाल विद्युत प्राधिकरण आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा लगानी बढाएको छ । यसै क्रममा प्राधिकारणले गत आर्थिक वर्षसम्म अर्थात् विगत आठ वर्षमा आफ्ना सहायक र सम्बद्ध कम्पनीहरुमा ५६ अर्ब ६८ करोड रुपैयाँ भन्दा बढी रकम लगानी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

२ अंकले बढेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

अन्तिम समयमा सुधार आए सँगै २ अंकले बढ्यो सेयर बजार, झण्डै १९ अर्बको कारोबार

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

भिजिबिलिटीका कारण एयर चाइना र बुद्ध एयरको जहाज ‘डाइभर्ट

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ। खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन्। मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र […]

विदेशी लगानीकर्तालाई २५ महिनामा २७ अर्ब १२ करोड लाभांश वितरण

काठमाडौं ।  विदेशी लगानीकर्ताले नेपालबाट उच्च नाफा लैजान सफल भएका छन् । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् २७ अर्ब रुपैयाँ भन्दा बढी रकम लगेका छन् । उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले पछिल्लो २५ महिनाको अवधिमा २७ अर्ब १२ करोड ७८ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् । […]

कीर्तिमानी मूल्यबाट फर्कियो सुनको भाउ

काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ तोकिएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रति १० ग्राम १ […]